कोलकाता, 20 अक्टोबर (हि. स.)। माँ कालीको आराधनाको पावन अवसरमा सोमवार बिहानदेखिकै पश्चिम बंगालका प्रसिद्ध शक्तिपीठहरू क्रमैले कालीघाट, दक्षिणेश्वर र तारापीठमा श्रद्धालुहरूको व्यापक भीड़ उर्लियो। बिहानदेखि नै मन्दिरहरूमा पूजा-अर्चना, भोग एवं हवनहरू भइरहेका छन्। सुरक्षालाई ध्यानमा राखेर कोलकाता पुलिसले कालीघाट एवं दक्षिणेश्वर मन्दिर परिसर तथा वरपरका क्षेत्रहरूमा विशेष प्रबन्ध गरेको छ। वास्तवमा पश्चिम बंगालमा दीपावलीको दिन माँ कालीको पूजा गर्ने परम्परा नै रहिआएको छ।
कालीघाट जुन देशभरिका 51 वटा शक्तिपीठहरूमध्ये एक हो,-मा सतीको दाहिने खुट्टा र चार वटा औंली झरेको थियो। मान्यता छ, यहाँ औंसीको रातपूर्व महालक्ष्मीलाई कालीको रूपमा पूजिन्छ। यस अवधि माँलाई चामल, पाँच प्रकारको भाजा (तेलमा भुटेको सब्जी), पाँच प्रकारको सुकेको माछा, घिउ, मिठाई र बाख्राको मासुलाई भोगस्वरूप अर्पण गरिन्छ।
यसरी नै दक्षिणेश्वर काली मन्दिरमा पनि श्रद्धालुहरूको ताँत लागेको छ।
यता बीरभूम जिल्लाको तारापीठ मन्दिरमा पनि भक्तहरूको समुद्र उर्लिएको छ। यो मन्दिर पनि 51 वटा पीठहरूमा सामेल छ जहाँ माँ सतीको आँखा झरेको थियो। यहाँ माँ कालीलाई माँ ताराको रूपमा पुजिन्छ। बिहानदेखि नै हजारौं श्रद्धालुहरू तान्त्रिक एव अघरीहरूसित पूजा, यज्ञ एवं हवनमा सामेल भइरहेका छन्। परम्परानुसार यहाँ माँलाई देशी मदिराको भोग लगाइन्छ।
राज्यका यी तीन प्रमुख शक्तिपीठहरूमा बिहानदेखि अबेर रातीसम्म पूजा-अर्चनाको सिलसिला जारी रहने सम्भावना छ भक्तहरूमा माँ कालीको दर्शनलाई लिएर अपार श्रद्धा एवं उत्साह देखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा