तन्त्र-मन्त्रको आड़मा 13 वर्षीय स्कूली छात्रासित दुष्कर्म, आरोपी पक्राउ
तन्त्र-मन्त्रको आड़मा 13 वर्षीय स्कूली छात्रासित दुष्कर्म, आरोपी पक्राउ


शिमला, 20 अक्टोबर (हि.स.)। तान्त्रिक विद्याको आड़मा एक 13 वर्षीय स्कूली छात्रालाई यौन उत्पीड़नको शिकार बनाइएको छ। छात्राको साथ यो घृणित कृत्य गर्ने व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। आरोपी ग्राम पञ्चायतको प्रधान हो। पीड़ित छात्राको शिकायतमा पुलिसले आरोपी विरूद्ध दुष्कर्म र पोक्सो एक्टमा केस दर्ता गरेको छ। मामिला शिमला जिल्लाको झाकडी थाना क्षेत्रको हो।

शिकायतकर्ता छात्रा अनुसार, आरोपीले उलाई तान्त्रिक विद्या र उसको परिवारको मृत्युको डर देखाएर 15 अक्टोबर र 17 अक्टोबरमा आफ्नो घर बोलाएर उसको यौन उत्पीड़न गऱ्यो। यस अगाड़ी 21 सेप्टेम्बरमा पनि आरोपीले उलाई तन्त्र मन्त्रको झूठो भय देखाएऱ धम्काएको थियो ताकि उले कसैलाई केही नबताओस्। पीड़िताको शिकायतमा थाना झाकड़ीमा बीएनएसको धारा 65 र पोक्सो अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande