काली पूजाको दिन युवकले गऱ्यो आत्महत्या
काली पूजाको दिन युवकले गऱ्यो आत्महत्या


उत्तर दिनाजपुर, 20 अक्टोबर (हि.स.)। जिल्लाको इटाहार थाना अन्तर्गत हाँसुआ गाउँस्थित एउटा घरमा सोमवार बिहान काली पूजाको तयारी गरिरहेका एकजना युवकले कथित रूपमा आफ्नै गला काटेर आत्महत्या गऱ्यो। मृत युवकको पहिचान सौमित्र शील (31)-को रूपमा भएको छ जो सोही गाउँका निवासी थिए।

परिवार अनुसार उच्च शिक्षित सौमित्रले सरकारी नोकरीहरूको लागि तयारी गरिरहेका थिए। हालैमा तिनले एसएससी परीक्षा पनि दिएका थिए। सोमवार काली पूजाको तयारीको लागि परिवारका सबै सदस्यहरू भोर बिहान नै उठेका थिए। सौमित्र पनि बिहान बगैचामा फूल लिन गए अनि पूजाका अन्य प्रबन्धहरूमा जुटे। यसबीच तिनी अचानक भान्सा कोठामा गए अनि कथित रूपमा धारिलो चक्कुले आफ्ने गलामा प्रहार गरे। परिवारले तुरून्त तिनलाई रायगञ्ज महकुमा अस्पतालमा पुऱ्याउने चेष्टा गरे, तर बाटोमै तिनको मृत्यु भयो।

परिवारको भनाइ छ, सौमित्रले विगत लामो समयदेखिकै सरकारी नोकरी पाउने चेष्टा गरिरहेका थिए, तर सफल भइरहेका थिएन्। यसैकारण तिनी मानसिक तनाउ र अवसादद्वारा ग्रस्त थिए। परिवारको अनुमानमा यसै कारण उसले यस्तो चरम कदम उठाएको होला।

पुलिसले परिवारका सदस्यहरूसित जाँचबुझ गरिरहेको छ अनि घटनास्थलबाट प्रमाण पनि जुटाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande