कटिहार, ३ अक्टोबर (हि.स.)। बिहारको पूर्णिया जिल्लाको जवनपुर गुम्टी नजिक शुक्रबार बिहान करिब ५ बजे कटिहार–जोगबनी रेलखण्डमा दशैं मेला हेरेर फर्किँदै गरेका युवक वन्दे भारत एक्सप्रेस ट्रेनको ठक्करमा परे। घटनामा चार युवकको मृत्यु भएको छ भने दुई युवक गम्भीर घाइते छन्।
स्थानीय कसबा थाना पुलिसले जानकारी दिए अनुसार, मृतक र घाइते सबै युवक पूर्णियाको बनमनखी प्रखण्डका चाँदपुर भंगहा गाउँका बासिन्दा थिए। उनीहरू पूर्णियामा रहेको मखाना कारखानामा काम गर्थे। घटनास्थलमा पुलिसले एउटा मोबाइल पनि फेला पारेको छ।
कसबा थाना र रेलवे सुरक्षा बल (आरपीएफ) का अधिकारीहरूले बताए अनुसार, सबै युवक दशैं मेला हेर्न कसबामा आएका थिए र मेला हेरेर फर्कँदै गर्दा ट्रेनको ठक्करमा परे। रेल पुलिस थानाले मृतकका परिवारजनलाई घटनाबारे जानकारी दिइसकेको छ। पोस्टमार्टमपछि शव परिवारलाई दिइनेछ।
मृतकको विवरण
जिगर कुमार, १४ वर्ष, सिंटू कुमार, १३ वर्ष, कुलदीप कुमार, १४ वर्ष र सुंदर कुमार, १४ वर्ष। पुलिसका अनुसार, घाइते युवाहरूको उपचार पूर्णिया जीएमसीएचमा भइरहेको छ र उनीहरूको अवस्था चिन्ताजनक छ। प्रत्यक्षदर्शीहरूले बताए, ट्रेनको गति अत्यन्त तेज थियो र मानिसहरूलाई बच्ने वा भाग्ने मौका थिएन।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी