अमृतसरमा दुई ह्याण्ड ग्रेनेड समेत एक संदिग्ध पक्राउ
ग्रेनेड


चण्डीगढ़, 03 अक्टोबर (हि.स.)। पञ्जाब पुलिसले दिवाली अगाड़ी एक ठूलो षड़यन्त्रलाई विफल तुल्याउँदै दुई ह्याण्ड ग्रेनेडको साथ एक संदिग्धलाई पक्राउ गरेको छ। आरोपी विरूद्ध मामिला दर्ता गरी पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

पञ्जाब पुलिसका महानिदेशक (डीजीपी) गौरव यादवले शुक्रवार जारी बयानमा बताए, अमृतसर ग्रामीण पुलिसले एक ठूलो सफलता हासिल गर्दै तरनतारन निवासी रविन्दर सिंह उर्फ रविलाई पक्राउ गऱ्यो। पुलिसले उदेखि दुई हथगोला (ह्याण्ड ग्रेनेड) जफत गरेको छ। प्रारम्भिक जाँचबाट थाहा लागेको छ, पक्रा परेको आरोपी पाकिस्तानी आईएसआई एजेन्टहरूको सम्पर्कमा थियो र उले सीमा पारीबाट यो खेप हासिल गरेको थियो। आरोपीको पुरानो सम्बन्धहरूको जाँच भइरहेको छ। उसको निशानदेहीमा अन्य समान जफत र गिरफ्तानी हुनसक्ने सम्भावना छ।

डीजीपीको तर्फबाट बताइयो, आरोपी विरूद्ध अमृतसरको घरिन्डा पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। पूरा नेटवर्कको पत्ता लगाउन अग्रिम कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande