
नयाँ दिल्ली, 27 जुलाई (हि.स.)। काङ्ग्रेस अध्यक्षले आन्ध्र प्रदेश, नागाल्यान्ड, मणिपुर र पुडुचेरीमा विचार विभागका अध्यक्षहरू नियुक्त गरेका छन्।
अखिल भारतीय काङ्ग्रेस समिति (ए.आइसिसि) ले सोमवार एक विज्ञप्तिमा भन्यो कि, यी नियुक्तिहरू तत्काल प्रभावदेखि लागू हुनेछ।
एआईसीसीका महासचिव केसी वेणुगोपालले एक विज्ञप्तिमा भने कि आन्ध्र प्रदेशमा थोडेटी सन्दीप ईश्वर, नागाल्यान्डमा एक्स चोपिका सुमी, मणिपुरमा ओइनम रोमन सिंह र पुडुचेरीमा डी प्रदीश इरुदयराजलाई विचार विभागको प्रदेश अध्यक्ष नियुक्त गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी