भेलाहीमा 4.45 लाख नेपाली रूपियाँ जफत
भेलाहीमा 4.45 लाख नेपाली रूपियाँ जफत


पूर्वी चम्पारण, 31 अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाउलाई लिएर गठित एसएसटी टीमले बिहिवार भारत-नेपाल सीमामा 4.45 लाख नेपाली रकम जफत गरेको छ।

भेलाही थानाध्यक्ष गौरव कुमारले बताए, उक्त राशि त्यस समय जफत गरियो जब भेलाही थाना अन्तर्गत डिबनी पुलिस निकट एसएसटी पोइन्ट नजिक वाहन चेकिङ गरिँदैथियो, सोही क्रममा मनान मियां पिता अमीन मियां लौकरिया थाना पलनवा जिल्ला पूर्वी चम्पारण 4.45 लाख नेपाली करेन्सीको थैला लिएर भेलाहीतिर गइऱहेको थियो।

सोधपुछमा मनान मियांले टीमलाई उक्त राशिको सम्बन्धमा न त कुनै वैध कागजपत्र प्रस्तुत गऱ्यो न त सन्तोषजनक उत्तर दियो। त्यसपछि पुलिसले उक्त रुपियाँलाई जफत गरी अग्रिम कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande