
पश्चिम मेदनीपुर, 31 अक्टोबर (हि.स.)। जिल्लाको नारायणगढ़ ब्लक अन्तर्गत बिरबीरा क्षेत्रमा गए बिहीवार साँझ एकजना व्यक्तिको शवलाई गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो जसले गर्दा क्षेत्रमा सन्त्राष फैलियो। मृतकको पहिचान 33 वर्षीय बरुन सिंहको रूपमा भएको छ जो नारायणगढ़ थानाको बिरबीरा गाउँका निवासी थिए।
पुलिस औ पारिवारिक सूत्र अनुसार बरुन सिंह लामो समयदेखिकै मानसिक अवसादद्वारा पीड़ित थिए। गए बिहीवार साँझ घरभित्रै तिनको शवलाउ झुण्डिरहेको अवस्थामा भेटियो। सूचना पाउनसाथ नारायणगढ़ थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लिएर कानूनी औपचारिकता पूरा गऱ्यो।
शवलाई शुक्रवार बिहान पोस्टमार्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइयो। प्रारम्भिक जाँचमा पुलिसले आत्महत्या गरेको आशंका व्यक्त गरिरहेको छ। यस घटनाबाट मृतक परिवार शोकमा डुबेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा