
गुवाहाटी, 31 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले लौह पुरुष सरदार वल्लभभाई पटेलको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले साेशल मीडिया एक्समा लेखे, सरदार पटेलको अदम्य इच्छाशक्ति र कुशल नेतृत्वले देशका राजा-रजौड़ाहरूलाई एकसूत्रमा बाँधेर अखण्ड भारतको आधार राखे। उनको दूरदर्शिता आज ‘एक भारत, श्रेष्ठ भारत’- को भावनामा प्रतिबन्धित हुन्छ।
मुख्यमन्त्रीले भने, सरदार पटेलको योगदानले सदैव भारतवासीहरूलाई एकता र अखण्डताको पथमा अग्रसर हुने प्रेरणा दिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा