पश्चिम बंगाल विधानसभामा भुतको डर, रात्रि सुरक्षा कर्मीहरूमा भय व्याप्त
पश्चिम बंगाल विधानसभामा भुतको डर, रात्रि सुरक्षा कर्मीहरूमा भय व्याप्त


कोलकाता, 31 अक्टोबर (हि. स.)। पश्चिम बंगाल विधानसभा परिसरमा राती एउटा भुत जस्तो ‘छायामूर्ति’ देखिएको खबरले सुरक्षा कर्मीहरू भयभित भएका छन्। सूत्र अनुसार केही सुरक्षाकर्मीहरूले यस घटनापछि रात्रि ड्यूटी गर्न अनिच्छा व्यक्त गरेका छन्।

जानकारी मुताविक हालैमा विधानसभामा सुरक्षा उपायहरूलाई सशक्त बनाउने योजना अन्तर्गत रात्रिकालीन पाली (नाइट शिफ्ट) शुरू गरिएको थियो। यसै अवधि केही सुरक्षा कर्मीहरूले ड्यूटीमा छँदा युवतीको छाया जस्तो आकृति देखेको दाबी गरे जसपश्चात सम्पूर्ण कर्मचारीहरूमा कोकोहोलो मचिएको छ।

सूत्रले बतायो, यो मामिलालाई विधानसभा अध्यक्ष बिमान ब्यनर्जीको संज्ञानमा ल्याइएको छ। उनले पुष्टि गर्दै भने, एउटा अत्यन्त विशाल भवन छ र राती दुई-चारजना मानिसहरू मात्र ड्यूटीमा हुँदा भयको भावना उत्पन्न हुनु स्वभाविक हो। यो मनोवैज्ञानिक दबाव पनि हुनसक्छ। यो भन्नु कठिन छ कि यसा कुनै अलौकिक तत्व छ कि छैन।

विधानसभा प्रशासनका अधिकारीहरूले बताए, यस्ता खबरहरू फैलिएपछि कर्मचारीहरूमा सामान्य चिन्ता व्याप्त भएको छ। तथापि अहिलेसम्म देखिएको ‘छायामुर्ति’- को प्रामाणिकताको कुनै पुष्टि हुन सकेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande