
हुगली, 31 अक्टोबर (हि. स.)। श्रीरामपुर थानान्तर्गत वैद्यबाटीको द्वारिक जंगल रोडस्थित खामारडांगा क्षेत्रमा गत मंगलवार भोर बिहान भएको विस्फोट मामिलामा श्रीरामपुर थानाको पुलिसले चारजना आरोपीहरूलाई पक्राउ गरेको छ।
शुक्रवार चन्दननगर पुलिस कमिश्नरेटका डीसी (श्रीरामपुर) अर्नब विश्वासले एक बयान जारी गरी बताए, पक्रा पर्ने आरोपीहरूको पहिचान सागर मलिक (20), प्रिन्स दुबे (18), प्रोणित पल (21) औ आयुष जादव (20)-को रूपमा भएको छ भने यिनीहरू सबै नै चाँपदानी र श्रीरामपुर क्षेत्रका निवासी हुन्।
पुलिस अनुसार गत 28 अक्टोबरको भोर बिहान साढ़े दुई बजे बैद्यघाटीको द्वारिक जंगल रोडस्थित खामारडांगा क्षेत्रमा केही पड़्केको जस्तो आवाज सुनियो। सूचना पाउनसाथ शेवड़ाफुली पुलिस चौकी प्रभारी घटनास्थलमा पुगे। जाँचमा पाइयो, स्थानीय असिम दासको घरको भित्तामा कालो धुँवाको निशान थियो। त्यसपछि श्रीरामपुर थानामा मामिला दर्ता गरी अग्रिम जाँच शुरू गरियो। जाँचको क्रममा घटनास्थल वरपरका सीसीटीभी फुजेटको सहयोगले चारजना संदेिग्ध युवकहरूको तस्वीर प्रकाशमा आयो। विश्वसनीय सूत्रबाट प्राप्त जानकारीको आधारमा पुलिसले छापा मारेर चारैजनालाई पक्राउ गऱ्यो।
पुलिसले अझ बतायो, मुख्य आरोपी सागर मालिकको स्थानीय एकजना युवतीसित प्रेम सम्बन्ध थियो। हालैमा दुईबीच विवाद भएको थियो। युवतीको अन्य कुनै युवकसित सम्बन्ध गाँसिएको थियो। यसै कुराबाट रूष्ट भएर सागरले युवतीलाई डर देखाउनको आफ्ना साथीहरूसित मिलेर यस किसिमको कृत्य गऱ्यो। जाँचबुझमा सागरले बतायो, उसले यूट्यूबमा हेरेर स-सानो पटाकाहरूलाई जोड़ेर वम बनाएको थियो।
सबै चारैजना आरोपीहरूलाई शुक्रवार पुलिस हिरासतमा लिने आवेदनसितै अदालतमा पेश गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा