जनसुराज पार्टीको सोझो भिड़न्त एनडीए गठबन्धनसित : उदय सिंह
जनसुराज पार्टीको सोझो भिड़न्त एनडीए गठबन्धनसित : उदय सिंह


सहरसा, 31 अक्टोबर (हि.स.)। जिल्लाका सबै चारै वटा विधानसभामा जन सुराज पार्टीको स्थिति धेरै राम्रो छ। यहाँ जनसुराज पार्टीको सोझो भिड़न्त एनडीए गठबन्धनसित भइरहेको छ। महागठबन्धन धरातलमा कतै पनि छैन। जनसुराजप्रति मानिसहरूभित्र विश्वास उत्पन्न भएको छ। पार्टीको सुखद स्थिति देखेर सन्तुष्ट हुन्छन्। आगामी 16 नोभेम्बरमा चारै वटा विधानभामा राम्रो प्रदर्शन हुनेछ। उक्त मन्तव्य जन सुराज पार्टीका राष्ट्रिय अध्यक्ष उदय सिंह उपनाम पप्पू सिंहले एक निजी होटलको सभागारमा मीडिया प्रतिनिधिहरूसित भएको वार्तामा व्यक्त गरेका हुन्।

उनले भने, जिल्लाका सबै चारै वटा विधानसभामा पार्टी प्रत्याशीहरूले राम्रो प्रदर्शन गर्नेछन्। जबकि परिणाम भगवानको हातमा हुन्छ। नयाँ दलको रूपमा जनताको भावनाबाट यो साबित भएको छ। पहिला जुन किसिमको मूल्यांकन गरिएको थियो त्योभन्दा अब धेरै सुखद स्थिति छ र आगामी 6 नोभेम्बरसम्ममा यो परिणाममा परिवर्तन हुनेछ। उनले भने, सारा राज्यमा जन सुराज एकसयभन्दा अधिक सीटहरूमा सोझो भिड़न्त गर्न उत्रिएको छ। मानिसहरूको निरन्तर बढ़्दो समर्थनबाट यसको संख्या बढ़िरहेको छ।

उनले अझ भने, एनडीएका मानिसहरूले जंगलराजको समम्झना गराउँछन्, तर मोकामाको घटना जंगलराजभन्दा कम छैन। जन सुराजका नेता दुलारचन्दको यादवको हत्यामा अनन्त सिंहको नाम जोड़िएको छ। पुलिस जाँच भइरहेको छ र चाँड़ै नै सत्य प्रकाशमा आउनेछ। उनले भने, सहरसा विधानसभामा पहिला पार्टीको स्थिति मजबुत थिएन। तर जिल्ला अध्यक्ष नवल किशोर सिंह एवं जिल्ला प्रभाारी अ्मित राजदले कड़ा परिश्र गरेर राम्रो टीम बनाएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande