सड़क किनारमा भेटियो चितुवाको शव, यसको साथी घुमिरहेको आशंकाले बिष्णुपुरमा भय व्याप्त
सड़क किनारमा भेटियो चितुवाको शव, यसको साथी घुमिरहेको आशंकाले बिष्णुपुरमा भय व्याप्त


बाँकुड़ा, 31 अक्टोबर (हि.स.)। जिल्लामा शुक्रवार एउटा पूर्ण वयस्क चितुवाको शव सड़क किनारमा भेटिएपछि क्षेत्रमा भय फैलिएको छ। वन विभागले अनुमान लगाएको छ, मृत चितुवाको साथी नजिकै जंगलमाा घुमिरहेको छ जसबाट बिष्णुपुर र वरपरका गाउँहरूमा सन्त्राष फैलिएको छ।

सूत्र अनुसार गए बिहीवार अबेर राती बाँकु़ड़ाको बांकादह रेञ्जको पछाडहरा क्षेत्रमा बांकादह-जरामबाटी सड़क किनारमा चितुवाको शव देखियो। सूचना पाउनसाथ घटनास्थलमा पुगेका वनकर्मीहरूले शवलाई उद्धार गरी बिष्णुपुर पंक्चेत वन विभाग कार्यालयमा ल्याए। उक्त शवको पोस्टमर्टम शुक्रवार गरियो।

वन अधिकारीहरूको प्रारम्भिक जाँचमा अनुमान लगाइएको छ, कुनै वाहनसित ठोक्किएर चितुवाको मृत्यु भएको हुनसक्छ। घटनास्थलबाट पदचिन्हको नमुना पनि संकलन गरिएको छ ताकि यो पत्तो लगाउन सकियोस् कि जंगलमा एकभन्दा अधिक चितुवा छ कि छैन। यसपूर्व पुरूलियाको जंगलमा ट्रयाप क्यामरामा चितुवाको उपस्थिति दर्ता गरिएको थियो। अब बाँकुड़ामा सड़क किनारमा शव भेटिएपछि स्थानीय मानिसहरू भयभित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande