प्रधानमन्त्री मोदीले केवडियामा लौहपुरुष पटेलको प्रतिमामा पुष्पाञ्जलि अर्पण गरे, जनतालाई दिलाए एकताको शपथ
PM modi


केवडिया (गुजरात), ३१ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नर्मदा जिल्लाको केवडिया (आधिकारिक नाम एकता नगर) मा राष्ट्रिय एकता दिवस तथा लौहपुरुष सरदार वल्लभभाई पटेलको १५०औं जयन्तीको अवसरमा ‘स्ट्याच्यू अफ युनिटी’ पुगेर श्रद्धाञ्जली अर्पण गरे। उनले प्रत्येक वर्षझैं यस वर्ष पनि सरदार पटेलको प्रतिमामा पुष्पाञ्जलि अर्पित गरे।

स्ट्याच्यू अफ युनिटी क्षेत्रमा बिहानदेखि वर्षा भइरहेको थियो। लौहपुरुष पटेलको जयन्तीका अवसरमा ‘राष्ट्रिय एकता दिवस’ को भव्य समारोहमा सहभागी हुन गुजरातका विभिन्न शहरहरूबाट ठूलो संख्यामा जनसमूह पुगेका थिए। प्रधानमन्त्रीले सरदार स्मारक भ्रमण गरेपछि राष्ट्रिय एकता दिवस समारोहमा भाग लिए र उपस्थित जनतालाई एकताको शपथ दिलाए।

यस अवसरमा प्रधानमन्त्रीले ‘एकता परेड’ अवलोकन गरे। समारोहमा ८०० भन्दा बढी आईएएस र आईपीएस अधिकारीहरूको उपस्थिति रहनेछ। खराब मौसमका कारण प्रधानमन्त्री सडकमार्गबाट वडोदरा हुँदै केवडिया पुगेका थिए।

प्रधानमन्त्री मोदी आज बिहान १०:४५ बजे ‘आरम्भ ७.०’ को समापन समारोहमा सहभागी भएर प्रशिक्षार्थीहरूसँग कुराकानी गर्नेछन्। त्यसपछि दिउँसो १२:२० बजे केवडियाबाट वडोदरा प्रस्थान गर्ने र दिउँसो १:०० बजे वडोदरा विमानस्थलबाट दिल्लीका लागि रवाना हुने कार्यक्रम छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande