चीन सीमामा अपरेशनल भयो विश्वको सबैभन्दा अग्लो हवाई अड्डा
लद्दाख


नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। भारतले चीन सीमादेखि केवल 50 किमीको दूरीमा विश्वको सबैभन्दा अग्लो हवाई अड्डा चालू गरी शुक्रवार इतिहास रचेको छ। पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) निकट 13 हजार 700 फीटको ऊंचाईमा न्योमा एयरफील्डलाई अपग्रेड गरी तयार गरिएको यस हवाई अड्डाबाट मिग-29 र सुखोई-30 एमकेआई विमानले उड़ान भर्न सक्नेछऩ्। यहाँबाट भारत चीनी सेनाको झिन्जियांग सैन्य क्षेत्र र पाकिस्तानको उत्तरी क्षेत्रमा सैन्य बेस कादरीबाट पाइने चुनौतीको सामना गर्नमा सक्षम हुनेछ।

यद्यपि, भारतले यस अगाड़ी 16,600 फीटको ऊंचाईमा विश्वको सबैभन्दा अग्लो हवाई अड्डा दौलत बेग ओल्डी (डीबीओ) मा तयार गरेको थियो। तर त्यसलाई मौसम र रणनीतिको दृष्टिले अधिक उपयोगी मानिएन। त्यहाँ परिस्थितिहरू सामान्य हुँदा विमान ल्याण्ड गर्नसकिन्छ तर युद्ध वा चुनौतीपूर्ण परिस्थितिहरूमा यसको प्रयोग गर्न मिल्थेन। यस्तो स्थितिमा लेह र थोइस बाहेक लद्दाखमा लड़ाकू विमानहरूका लागि एक वैकल्पिक अपरेटिंग बेसको आवश्यकता महसूस गरिएको थियो किनभने मौसमको स्थितिले यी दुवै अड्डाको परिचालन क्षमतालाई प्रभावित गरेको थियो। यसको निम्ति न्योमा र फुकचेको अध्ययन गरियो ताकि यसमध्ये कसको प्रय़ोग लड़ाकू अभियानहरूका लागि गर्नसकिन्छ भनी बुझ्न सकियोस्।

अहिले फुकचेमा रनवेको विस्तार गर्न र अतिरिक्त बुनियादी ढांचाको निर्माणको क्षमता सीमित थियो, यसैले न्योमातिर झुकाउ भयो। न्योमाको चुनाउ मौसमको परिस्थितिहरूको अध्ययनपछि गरियो, जुन वर्षैभरि विमानहरूको संचालन अऩुकूल रहन्छ। यद्यपि, यहाँ चांगथांग वन्यजीव अभयारण्य भएको कारण पर्यावरणीय स्वीकृतिसित सम्बन्धित एक समस्या आइलाग्यो किनभने यो किआंग वा तिब्बती जंगली गधा र दुर्लभ कालो गर्दन भएको क्रेनको घर हो। यसपछि भारतीय वायु सेनाले पर्यावरण स्वीकृति हासिल गर्न विस्तार योजनाहरूमाथि फेरि काम गऱ्यो, जुन केही शर्तहरूको साथ पूरा हुँदा न्योमा एडवान्स्ड ल्याण्डिङ ग्राउण्डको अपग्रेड हुने बाटो प्रशस्त भय़ो।

रक्षा मन्त्रालयले चीनी बुनियादी ढांचाको विकास गतिविधिहरूको जवाफको रूपमा पूर्वी लद्दाख सीमा निकट 18 सेप्टेम्बर 2009 मा शिलान्यास गरिएको न्योमा एयरफील्डलाई अपग्रेड गर्ने फसेला लिएको थियो। यसपछि रक्षा मन्त्रालयले 13 हजार 700 फीटको ऊंचाईमा भारतको सबैभन्दा अग्लो एयरबेस न्योमालाई तयार गर्ने जिम्मा बर्डर रोड अर्गनाइजेशन (बीआरओ) लाई सुम्प्यो। न्योमा एडवान्स्ड ल्याण्डिङ ग्राउण्डको वर्तमान रनवे वास्तवमा माटोले बनेको हुँदा केवल सी-130जे जस्ता विशेष परिवहन विमानहरू र हेलीकप्टरहरूलाई उतार्न सकिन्थ्यो। यहाँबाट लड़ाकू विमानहरूलाई संचालित गर्नमा सक्षम बनाउनका लागि धेरै अहम बदलाव गरिएको छ।

बीआरओले वास्तविक नियन्त्रण रेखा (एलएसी) देखि केवल 50 किलोमीटर टाढ़ा न्योमा एडवान्स्ड ल्याण्डिङ ग्राउण्ड (एएलजी) मा लड़ाकू अभियानहरूका लागि 2.7 किमी लामो कन्क्रीटको रनवे बनाएको छ, जहाँबाट लड़ाकू विमान मिग-29 र सुखोई-30 एमकेआईले उड़ान भर्नसक्नेछ। अब कन्क्रीटको नयाँ रनवे तयार हुँदा न्योमादेखि भारी परिवहन विमान पनि संचालित हुनसक्नेछ, जसलेल भारतीय वायु सेनालाई रणनीतिक रूपमा मजबूत बनाउनेछ। यो चीनको नजरहरूदेखि टाढ़ा विश्वको सबैभन्दा अग्लो हवाई क्षेत्र हुनेछ। यसैले चीन सीमामा एलएसीको सबैभन्दा नजिक भएको कारण रणनीतिक रूपले सबैभन्दा अधिक संवेदनशील हुनका साथै महत्वपूर्ण पनि छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande