
नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। बिहारको कटिहार जिल्ला स्थित गोगाबील झीललाई देशको नवीनतम रामसर स्थलको रूपमा मान्यता प्राप्त भएको छ। यो एक संरक्षण एवं सामुदायिक आरक्षित क्षेत्र हो, जसको संरक्षण र प्रबन्धन स्थानीय समुदायद्वारा गरिँदैछ। अब बिहारमा कूल 6 रामसर स्थल भएको छ र बिहार देशमा तेस्रो स्थानमा पुगेको छ।
शुक्रवार केन्द्रिय वन एवं पर्यावर.ण मन्त्री भूपेन्द्र यादवले एक्समा जानकारी साझा गर्दै भने, राष्ट्रिय एकता दिवसको यस विशेष अवसरमा भारतले वेटल्याण्ड संरक्षणको क्षेत्रमा लगातार नयाँ उपलब्धीहरू दर्ता गरिरहेको बताउन पाउँदा अत्यन्त खुशी लागिरहेको छ। बिहारको कटिहार जिल्ला स्थित 86.63 हेक्टरमा फैलेको गोगाबील झीललाई देशको नवीनतम रामसर स्थलको रूपमा मान्यता प्राप्त भएको छ।
यो एक संरक्षण एवं सामुदायिक आरक्षित क्षेत्र हो, जसको संरक्षण र प्रबन्धन स्थानीय समुदायद्वारा गरिँदैछ। अब बिहारमा कूल 6 रामसर स्थल भएको छ र बिहार देशमा तेस्रो स्थानमा पुगेको छ। यो झील स्थानीय समुदायद्वारा आजीविकाको निम्ति बुद्धिमानीपूर्वक उपयोगमा ल्याइँदैछ।
उनले भऩे, यस नयाँ मान्यताको साथ देशमा कूल रामसर स्थलहरूको संख्या 94 पुगेको छ। गत 11 वर्षमा 67 नयाँ स्थलहरूलाई जोड़िएको छ, जसले कूल 13,60,805 हेक्टेयर क्षेत्रलाई आच्छादित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत पर्यावरण संरक्षणको क्षेत्रमा निरन्तर अग्रणी बनेको छ।
एशियामा भारत पहिलो स्थान र विश्वमा तेस्रो स्थानमा छ, जसले हाम्रो देशमा यी अन्तरराष्ट्रिय महत्वका वेटल्याण्ड्सलाई जैव विविधता, जलवायु सहनशीलता, इको-टूरिजम र स्थानीय समुदायहरूको सतत आजीविकाको निम्ति कतिको प्राथमिकता दिँदैछ भन्ने दर्शाउँछ।
हिन्दुस्थान समाचार / भवानी थामी