राष्ट्रपति मुर्मुले सरदार पटेलको १५०औं जन्मजयन्तीमा श्रद्धाञ्जलि अर्पण गरिन्
President Draupadi murmu


नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले आज लौहपुरुष सरदार वल्लभभाई पटेलको १५०औं जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिन्। राष्ट्रपति मुर्मुले राष्ट्रपति भवनमा सरदार पटेलको चित्रमा पुष्पाञ्जलि चढाउँदै सम्मान व्यक्त गरिन्।

यसअघि राष्ट्रपति मुर्मु नयाँ दिल्लीस्थित सरदार पटेल चौक पुगेर सरदार वल्लभभाई पटेलको प्रतिमामा पुष्प अर्पण गरी उनलाई नमन गरिन्।

उल्लेखनीय छ, सरदार पटेललाई भारतको एकीकरणका शिल्पकारका रूपमा सम्मान गरिन्छ। आज देशभर उनको जन्मजयन्ती ‘राष्ट्रिय एकता दिवस’ का रूपमा मनाइँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande