मुख्यमन्त्रीले केन्द्रिय मन्त्री सर्वानन्दलाई दिए जन्मदिनको शुभकामना
मुख्यमन्त्रीले केन्द्रिय मन्त्री सर्वानन्दलाई दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 31 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार केन्द्रिय मन्त्री सर्वानन्द सोनोवाललाई जन्मदिनको हार्दिक शुभकामना दिए।

यस अवसरमा मुख्यमन्त्रीले भने, असमका प्रमुख नेताहरूमध्ये एक सर्वानन्द सोनोवाल देशको समुद्री पुनर्जागरणका अग्रदूत हुन्। उनले भारतलाई वैश्विक स्तरमा प्रतिष्ठठित बनाइरहेका छन्। उनले अझ भने, सोनोवाल आफ्नो मूलसित गहिरो गरी जोड़िएका छन् र असमको विकास यात्राप्रति समर्पित छन्।

मुख्यमन्त्रीले माता कामाख्या औ श्रीमन्त शंकरदेवसित प्रार्थना गरे, उनीहरूले उनलाई “आई असम” र “माँ भारती”-को सेवामा दीर्घायु अनि स्वस्थ जीवनको आशीर्वाद दिउन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande