
कोलकाता, 31 अक्टोबर (हि.स.)। राजधानी कोलकातामा तीनजना अफगानी नागरिकहरूलाई जाली भारतीय पहिचान पत्र बनाेर अवैध रूपमा देश बसेको आरोपमा पक्राउ गरिएको छ। पुलिसले शुक्रवार सो जानकारी गराएको छ। पक्रा पर्ने अफगानीहरूमा अब्दुल्ला खान, साहेब खान र जलात खानको रूपमा भएको छ।
पुलिस अनुसार यो पक्राउ गए बिहीवार भवानीपुर थाना क्षेत्रमा सुरक्षा नियन्त्रण विभागको सिकायतमा गरिएको हो। जाँचमा पाइयो, आरोपीहरूले आफ्नो भिजाको अवधि समाप्त भएपछि भारतमा बस्नका लागि जाली आधार, मतदाता र प्यान कार्ड बनाएका थिए।
पुलिस सूत्रले बतायो, अब्दुल्ला खान वर्ष 1995-मा भारत आएका थिए भने साहेब खान वर्ष 2017 अनि जलात खान वर्ष 2019-मा यहाँ आएका थिए। भिजाको अवधि समाप्त भएछि यिनीहरूले अवैध रूपमा भारतमा बस्दै आइरहेका थिए अनि भारतीय नागरिकताको जाली दस्तावेज हासिल गरेका थिए।
तीनै आरोपीहरूलाई अलिपुर अद्लतमा पेश गरियो जहाँबाट उनीहरूलाई आगामी 6 नोभेम्बरसम्मको लागि पुलिस हिरासतमा पठाइएको छ। अब जाँच यस दिशा तर्फ भइरहेको छ कि यिनीहरूलाई जाली भारतीय दस्तावेजहरू बनाउनमा कसले सहयोग गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा