
अलिपुरद्वार, 31 अक्टोबर (हि.स)। मदारीहाटमा जंगली हात्तीको हमलामा परी एकजना महिलाको मृत्यु भएको छ। मृत महिलाको पहिचान मदारीहाटको मेघनाद साहा नगर निवासी सुखीरानी दास (58)-को रूपमा भएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ।
मृतकाका पति गोपाल दासले बताए, गए बिहीवार राती लगभग 9 बजे पटाकाको तीव्र ध्वनि सुनेर मेरी पत्नी घर अगाड़ि निक्लेकी थिइन्। उ बाहिर निक्लिनसाथ हात्तीले हमला गऱ्यो। मैले भागेर आफ्नो ज्यान बचाए।
यस सम्बन्धमा मदारीहाटका रेञ्जर सुभाशिष रायले भने, यो एउटा दुःखदायी घटना हो। परिवारलाई सरकारी नियमानुसार क्षतिपूर्ति दिइनेछ।
उल्लेखनीय छ, गत 22 अक्टोबरमा पनि एउटा जंगली हात्तीले एकै रातमा तीनजना मानिसहरूलाई कुल्चेर मारेको थियो। उक्त घटना घटेको एक हप्तापछि भएको यस घटनाले स्थानीय मानिसहरू भयभित भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा