युवकको गोली दागी हत्या
युवकको गोली दागी हत्या


नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। उत्तर पूर्वी जिल्लाको सिलमपुर क्षेत्रमा गए बिहिवार अबेर राति उपद्रवीहरूले एकजना युवकमाथि गोली चलाए। उपद्रवीहरूले लगभग 15-20 राउण्ड गोली चलाएका थिए भने युवकलाई लगभग 10 वटा गोली लाग्यो। घटनालाई परिणाम दिएपछि आरोपीहरू घटनास्थलबाट भागे।

घाइते युवकलाई तुरून्तै जगप्रवेश चन्द्र अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। जाँचमा मृतकको पहिचान मिसबह (22)-को रूपमा भएको छ जो जाफराबाद निवासी थियो। स्थानीय पुलिस बाहेक क्राइम ब्राञ्च र फोरेन्सिक टीमले पनि घटनास्थलमा पुगेर प्रमाण जुटायो।

पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। अधिकारी अनुसार प्रारम्भिक जाँचमा थाहा लागेको छ, कि मृतक मिसबहविरूद्घ हत्या, हत्या गर्ने प्रयास, आपराधिक मामिला दर्ता थियो। पुलिसका धेरैवटा टीमहरूले उसलाई पक्राउ गर्नको लागि छापामारी गरिरहेको थियो।

उत्तर-पूर्वी जिल्लाका पुलिस उपायुक्त आशिष मिश्राले बताए, बितेको बिहीवार राती 10:40 बजे सिलमपुरको जामा मस्जिद नजिक गोली चलेको सूचना प्राप्त भयो। घटनास्थलमा पुगेर फोरेन्सिक टीमले केही खाली कारतूस जफत गऱ्यो। पुलिस सूत्रानुसार प्रारम्भिक जाँचमा मामिला ग्यांगवार प्रतीत भइरहेको छ। हाल पुलिसले घटनास्थल वरपरका सीसीटीभी फुटेजहरूको जाँच गरी आरोपीहरूलाई चिन्हित गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande