बीएसएफले भारत-पाकिस्तान सीमाबाट जफत गऱ्यो ड्रोन, हेरोइन र हतियार
बीएसएफले भारत-पाकिस्तान सीमाबाट जफत गऱ्यो ड्रोन, हेरोइन र हतियार


चण्डीगढ़, 31 अक्टोबर (हि.स.)। बीएसएफले पञ्जाबको सीमावर्ती जिल्लाहरूमा अपरेशन चलाएर तीन पाकिस्तानी ड्रोन तथा हेरोइन र हतियार जफत गरेको छ। पाकिस्तानी ड्रोनको मद्दतले भारतीय सीमामा नशालु पदार्थ झारिएको आशंका छ। बीएसएफ प्रवक्ता अनुसार, सठीक गोप्य जानकारीको आधारमा अमृतसर र फिरोजपुर सेक्टरका गाउँहरूमा सर्च अपरेशन चलाइय़ो। यस मामिलामा स्थानीय पुलिस टीमहरूको पनि सहयोग लिइयो। जवानहरूले अमृतसर र फिरोजपुरका वरपरका क्षेत्रहरूबाट ड्रोन, हेरोइन (3.8 किलोग्रामभन्दा अधिक) र गोला-बारूद जफत गऱे।

जफत गरिएको वस्तुहरूमा धनोई कलां, रानियां, दाओके र हबीब वाला गाउँहरूबाट डीजेआई माविक 3 ड्रोन र हेरोइनको प्याकेट सामेल थियो। बीएसएफ प्रवक्ता अनुसार, यस्ता वस्तुहरू लगातार जफत हुनु देशका सीमाहरूको सुरक्षाको निम्ति बीएसएफको सतर्कता, समन्वय र अटूट प्रतिबद्धतालाई दर्शाउँछ। बीएसएफ सीमा पारीबाट आइलाग्ने खतराहरू विरूद्ध एक मजबूत ढालको रूपमा खड़ा छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande