
चण्डीग़ढ़, 31 अक्टोबर (हि.स.)। बीएसएफले भारत-पाक सीमामा कारबाही गर्दै फिरोजपुर सेक्टरको साथ जलालाबादमा अन्तरराष्ट्रिय सीमामा एक पाकिस्तानी नागरिकलाई अवैध रूपमा भारतीय सीमामा पसेको आऱोपमा पक्राउ गरेको छ। बहिराम पुलिस थानामा मामिला दर्ता गरिएको छ।
बीएसएफ अनुसार, बर्डर आउटपोस्ट डीआरडी पोस्ट नम्बर पाँच निकट ड्यूटीमा तैनाथ हवलदार शेख हामिद तथा कन्स्टेबल पवन कुमारले सतलुज नदी छेउ एक पाकिस्तानी नागरिकलाई संदिग्ध रूपमा भारतीय सीमामा छिर्दै गरेको देखे। बीएसएफ जवानहरूले चेताउनी दिएपछि घेराबन्दी गरी उलाई हिरासतमा लिइयो। प्रारम्भिक जाँचमा पक्रा परेको पाक नागरिकले आफ्नो नाम इमतियाज अहमद निवासी गाउँ परवाल, तहसील नरवाल, जिल्ला शकरगढ़ पाकिस्तान बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी