विकसित भारतको लक्ष्यसम्म पुऱ्याउनका लागि देश तोड्ने हरेक षड़यन्त्रलाई विफल गर्नुपर्नेछ- प्रधानमन्त्री
मोदी


नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार संस्कृति, भाषा, भेदभाव मुक्त विकास र मानिसहरूलाई कनेक्टिविटीको माध्यमले आपस्तमा जोड्नुलाई भारतको एकताको चार प्रमुख स्तम्भ बताउँदै विकसित भारतको लक्ष्यसम्म पुऱ्याउनका लागि हामीले देशलाई तोड्ने हरेक षड़यन्त्रलाई विफल गर्नुपर्ने बताएका छन्।

देशका प्रथम गृहमन्त्री सरदार वल्लभभाई पटेलको 150औं जयन्तीमा गुजरातको केवड़ियामा आय़ोजित समारोहमा प्रधानमन्त्रीले घुसपैठलाई देशको एकता र आन्तरिक सुरक्षाको निम्ति गम्भीर खतरा बताए औं भने, देशमा पहिलो पल्ट उनको सरकारले यसको सामना गर्न निर्णायक कदम उठाइऱहेको छ। आज देशले 'डेमोग्राफिक मिशन' को माध्यमले यस चुनौतीको सोझो सामना गरिरहेको छ।

वन्दे मातरम्-को 150 वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री मोदीले भऩे, कांग्रेसले ने केवल ब्रिटिश सत्ताबाट संगठन र शासनको विरासत पायो तर दासत्वको मानसिकता पनि अपनायो। उनले आरोप लगाए, जुन वन्दे मातरम्- लाई ब्रिटिश शासनले पनि दबाउन सकेन, त्यसैको केही अंश कांग्रेसले धार्मिक आधारमा हटाएर समाजमा विभाजनको आधार राख्यो। यो निर्णय राष्ट्रको एकता र भावना विरूद्ध थियो। यदि कांग्रेसले यस्तो कदम नउठाएको भए भारतको छवि आज अर्कै हुनेथियो।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भऩे, साल 2014 पछि उनको सरकारले नक्सलवाद र माओवादी आतङ्कमाथि निर्णायक प्रहार गरेको छ। अनुच्छेद 370 हटाएपछि कश्मीर मुख्यधारासित जोड़िएको छ र अब पूरा संसारले भारतको शक्तिलाई चिनिरहेको छ। अपरेशन सिन्दूरमा भारतले देखायो कि यदि कसैले राष्ट्रमाथि नजर उठाए, त्यसको मुहतोड़ जवाफ दिइनेछ।

उनले भऩे, स्वतन्त्रतापछि सरदार पटेलले 550 भन्दा अधिक रियासतहरूको विलय गरी “एक भारत, श्रेष्ठ भारत” को सपना साकार गरे तर उनको निधनपछि तत्कालीन सरकारहरूले राष्ट्रिय सम्प्रभुतालाई लिएर त्यस्तो गम्भीरता देखाएनन्। कश्मीरमाथि गलत निर्णयहरू र पूर्वोत्तरमा उत्पन्न संकटहरूले देशलाई हिंसा र अशान्तितिर धकेल्यो। सरदार पटेलले पूरा कश्मीरलाई भारतमा विलय गर्न चाहन्थे तर नेहरूले उनको यो इच्छा अधूरो छोड़े। कांग्रेसको गलत नीतिहरूको कारण कश्मीरको एक हिस्सा पाकिस्तानको कब्जामा गयो र त्यहाँ आतङ्कवादले शरण पायो। कांग्रेसले सरदार पटेलको दृष्टिकोणलाई बिर्स्यो तर वर्तमान सरकारले उनका आदर्शहरूलाई अपनाएको छ। आज देश उनले देखाएको मार्गमा हिँड़्दै एकता, अखण्डता र आत्मगौरवको नयाँ युगमा प्रवेश गरिरहेको छ।

राष्ट्रिय एकता दिवसमा केवड़ियामा आयोजित कार्यक्रममा आज प्रधानमन्त्रीले सरदार पटेललाई पुष्पाञ्जलि अर्पित गरे। यस अवसरमा आयोजित परेडमा बीएसएफ, सीआरपीएफ, सीआईएसएफ, आईटीबीपी र एसएसबीका टुक्रीहरूले भाग लिए। गुजरात पुलिसको घोड़ासवार दल, असम पुलिसको मोटरसाइकल डेयरडेविल शो र ऊँटमा सवार बीएसएफ ब्याण्ड विशेष आकर्षण रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande