जुबिन गर्गको मृत्यु मामिलामा एसआईटीले तीनजना फोटोग्राफरलाई फेरि बोलायो
जुबिन गर्गको मृत्यु मामिलामा एसआईटीले तीनजना फोटोग्राफरलाई फेरि बोलायो


गुवाहाटी, 31 अक्टोबर (हि.स.)। असम पुलिसको विशेष जाँच टीम (एसआईटी)-ले जुबिन गर्गको रहस्यमय मृत्यु मामिलामा सिंगापुर नर्थ ईस्ट फेस्टिभलमा सामेल तीनजना फोटोग्राफरहरू क्रमैले कुलजीत देउरी, अभिनाश दास र अभिषेकलाई फेरि एकपटक जाँचबुझको लागि बोलाएको छ।

तीनैजना फोटोग्राफर शुक्रवार क सीआईडी कार्यालयमा जाँचबुझको लागि आइपुगेका थिए। यसपूर्व गायिका भानुप्रिया डेका पनि एसआईटी समक्ष आफ्नो बयान दर्ता गर्नको लागि सीआईडी कार्यालयमा पुगिन्।

एसआईटीले फेरि डा. हितेश बरूवालाई पनि बोलाएको छ जसले आफ्नो बयान दिनेछन्। सूत्र अनुसार एसआईटीले आगामी दिनमा यस मामिलासित सम्बन्धित अन्य मानिसहरूलाई पनि फेरि जाँचबुझको लागि बोलाउन सक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande