लखिमपुरमा मुख्यमन्त्रीले राखे सुपस स्पेशियलिटी अस्पतालको आधारशिला
लखिमपुरमा मुख्यमन्त्रीले राखे सुपस स्पेशियलिटी अस्पतालको आधारशिला


लखिमपुर (असम), 31 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार लखिमपुरमा केही परियोजनाहरूको आधारशिला राखे। यसमा 289 करोड़ रुपियाँको लागतमा निर्माण हुने 205 पलङको लखिमपुर मेडिकल कलेजको सुपर स्पेशियलिटी अस्पताल अनि नर्सिंग कलेजको शिलान्यास पनि सामेल छ। यो कार्यक्रम लखिमपुर मेडिकल कलेजको खेल मैदानमा आयोजना गरियो जहाँ मुख्यमन्त्रीले आम जनतालाई पनि सम्बोधन गरे।

मुख्यमन्त्रीले यस अवसरमा 30 पलंगको लखिमपुर क्यान्सर अस्पतालका केही विभागहरूको पनि उद्गाटन गरे। यस अवधि उनले भने, क्यान्सरको उपचारमा डाक्टरहरूसँगसँगै नर्सहरूको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ। नर्सिंग कलेजको सन्दर्भमा मुख्यमनत्रीले बताए, यहाँ बीएससी नर्सिंगसँगसँगै एमएससी नर्सिंग पाठ्यक्रमको व्यवस्था पनि गरिनेछ जसको लागि प्रारम्भिक तयारी शुरू गरिसकिएको छ।

उनले भने, आगामी चार-पाँच वर्षभित्रमा राज्यमा थप 30 वटा नयाँ मेडिकल कलेजहरू स्थापना हुनेछ। राज्य सरकारले हरेक वर्ष दुई वटा नयाँ मेडिकल कलेजहरूको स्थापना गर्नेछ। मुख्यमन्त्रीले यो पनि बताए, राज्यमा हरेक वर्ष लगभग दुई हजार नर्सहरूको नियुक्ति गरिँदैछ।

मुख्यमन्त्रीले बताए, सुपर स्पेशियलिटी अस्पतालका केही विभागहरू स्थापना गरिनेछ र यसको लागि अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिंदैछ। उनले आफ्नो भाषणमा राज्यको समग्र विकासको रूपरेखा पनि प्रस्तुत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande