
गान्तोक, 31 अक्टोबर (हि.स.)। राष्ट्रिय एकता दिवसको अवसरमा आज राजभवन, सिक्किममा एक विशेष कार्यक्रम आयोजन गरियो। यो दिवस भारतका लौह पुरुष सरदार वल्लभभाई पटेलको जयन्तीको उपलक्ष्यमा मनाइन्छ, जसले देशको एकता र अखण्डतालाई सुदृढ़ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। यस वर्ष उनको 150औं जयन्ती मनाइॅंदैछ।
राजभवन अनुसार, राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजेले सरदार पटेलको योगदानको स्मरण गर्दै उनलाई श्रद्धाञ्जलि अर्पित गरे। यस अवसरमा राज्यपालका निजी सचिव रतीश चतुर्वेदी, संयुक्त सचिव दिवस गौतमसहित राजभवनका अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित थिए। उपस्थित सबैले सरकार पटेलको प्रतिमामा पुष्पाञ्जलि अर्पित गरेर उनलाई श्रद्धाञ्जलि दिए।
सचिव राजेले अधिकारीहरू र कर्मचारीहरूलाई सम्बोधित गर्दै सबैलाई राष्ट्रको एकता र अखण्डताको लागि कार्य गर्न आह्वान गरे। उनले सरदार पटेलका विचार र योगदान आज पनि हाम्रो लागि प्रेरणास्रोत रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल