
नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, राष्ट्रको प्रगतिको असली शक्ति सिभिल सेवकहरूको समर्पण, निष्ठा एवं उत्तरदायित्वमा निहित छ।
यो विचार मुख्यमन्त्रीले शुक्रवार प्रशिक्षण निदेशालय, यूटीसीएस (संघ शासित प्रदेश सिभिल सेवा) विश्वास नगरमा सरदार वल्लभभाई पटेलको 150औं जयन्तीको अवसरमा ‘राष्ट्रको एकता एवं सिभिल सेवाहरूको भूमिका’ विषयमा आयोजित सेमिनारमा साझा गरिन्। यस अवसरमा दिल्लीका उपराज्पाल विनय कुमार सक्सेना पनि उपस्थित थिए।
मुख्यमन्त्रीले एक्समा पोस्ट गरिन्, यो आयोजन केवल एउटा स्मरण मात्र नभएर एक दिगो मिशन हो, त्यो मिशन जुन ‘सबैको साथ, सबैको विकास’- को मन्त्रसित जोड़िएको छ। उनले भनिन्, बितेका आठ महिनाभित्रमा दिल्ली सरकारले यसै भावनाबाट शासनलाई जनता-केन्द्रित, पारदर्शी एवं जवाफदेही बनाउने दिशामा ठोस कदम उठाएको छ। अनलाइन सेवाहरूको विस्तार, समयबद्ध कार्य-संस्कृति औ तकनिक आधारित प्रशासन यसको सजीव उदाहरण हो।
मुख्यमन्त्रीले भनिन्, यी सबैको केन्द्रमा एउटै सोच छ- “जनतासम्म पुग्ने शासन।” र यस सोचलाई धरातलमा क्रियान्वयन गर्नमा हाम्रा अधिकारीहरूले सबैभन्दा ठूलो भूमिका निर्वाह गरिरहेका छन्। सरकारले दिशा तय गर्छ, तर त्यस दिशालाई गति र परिणाम दिने हाम्रा सिभिल सेवकहरू नै हुन्छन्। राष्ट्रको प्रगतिको असली शक्ति उनीहरूको समर्पण, निष्ठा एवं उत्तरदायित्वमा निहित छ। उनले सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना पनि दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा