विधायक गोलेले विद्यार्थीहरूलाई जीवनमा सफल बन्न समर्पित बनेर कडा परिश्रम गर्न आह्वान गरे
विधायक गोलेले विद्यार्थीहरूलाई जीवनमा सफल बन्न समर्पित बनेर कडा परिश्रम गर्न आह्वान गरे


सोरेङ, 31 अक्टोबर (हि.स.)। सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोले आज सरकारी उच्चतर माध्यमिक विद्यालय, बुढियाखोपको प्लेटिनम जुबली समारोहमा मुख्य अतिथिको रूपमा सहभागी बने।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक गोलेले विद्यालयलाई उल्लेखनीय माइलखुट्टी हासिल गरेकोमा बधाई दिए। उनले विद्यालयका संस्थापकहरूको समर्पण र योगदानको स्मरण गर्दै विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न समर्पित बनेर कडा परिश्रम गर्न आह्वान गरे।

उनले सिक्किम सरकारले राज्यवासीहरूको जीवनमा सुधार ल्याउन गरिरहेका विभिन्न प्रयासहरूको बारेमा जानकारी गराए। यसैगरी, शिक्षाको क्षेत्रमा सरकारका प्रयासहरूमाथि प्रकाश पार्दै सबै समुदायहरूलाई समाजको विकास र उन्नतिका लागि स​क्रिय रूपमा सहभागी बन्न अपील गरे।

यस अतिरिक्त, विधायक गोलेले परम्परागत मूल्यमान्यताहरू र सांस्कृतिक धरोहरहरूको संरक्षणको महत्वमाथि जोड दिॅंदै सबैलाई आफ्नो समृद्ध परम्परा र संस्कृतिको सुरक्षा अनि सम्वर्द्धन गर्न आह्वान गरे। उनले विद्यार्थीहरूलाई मानसिक रूपमा बलियो बन्न प्रोत्साहित गर्दै आफ्नो क्षेत्रभन्दा बाहिर करियर र रोजगारीका अवसरहरू खोजी गर्न सल्लाह दिए।

यस अवसरमा आयोजित अन्तर विद्यालय स्पेल बी कम्पिटीशनमा दोदक सरकारी माध्यमिक विद्यालयकी विद्यार्थी बिपना राई विजेता बनिन्। यसैगरी, ओखरे सरकारी माध्यमिक विद्यालयकी विद्यार्थी दावा नर्बु शेर्पा र लुङ्चोक सरकारी माध्यमिक विद्यालयकी विद्यार्थी जानुका छेत्री क्रमश: दोस्रो अनि तेस्रो भए।

यसैगरी, अन्तर विद्यालय अन्डर 17 फुटबल टुर्नामेन्टमा सोमबारे सरकारी उच्चतर माध्यमिक विद्यालय र पुरुष खुल्ला फुटबल टुर्नामेन्टमा रेड पाण्डा एफसी विजयी बनेर अर्को चरणमा प्रवेश गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande