
हाथरस, 31 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको हाथरस हसायन क्षेत्रमा गौसेवकहरूले 40 गाईहरू भरेको एउटा टक्र समातेका छऩ्। यिनीहरूलाई अवैध कटानको निम्ति लगिरहेको आरोप छ। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र मामिलाको जाँच शुरू गऱ्यो। यो घटना अबेर राति राजनगर गाउँमा भएको हो।
गौसेवकहरू र हिन्दूवादी संगठनहरूलाई जानकारी प्राप्त भएको थियो कि केही मानिसहरूले सहायन कोतवाली क्षेत्रबाट गाईहरूलाई अवैध कटानको निम्ति लगिरहेका छऩ्। यसमध्ये अधिकांश गाईहरू स्थानीय थिए, जसलाई चराउनको बहाना लगिरहेको आऱोप छ। जब गौसेवक घटनास्थलमा पुगे तब ट्रकको साथ त्यहाँ उपस्थित केही मानिसहरू त्यहाँबाट भागे। यद्यपि, केही मानिसहरूले आफूलाई
बंजारा बताए औं भने, यिनीहरूले यी गाईहरूलाई चराउन लगिरहेका थिए। पुलिसले सबै 40 गाईलाई गौशाला पठाएको छ। पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ। प्रथम दृष्टया पक्रा पर्नेहरू बंजारा समुदायका लागिरहेका छन्। गौसेवकहरूको भऩाई छ, पहिलेपनि यस प्रकारको मामिलाहरूमा मानिसहरू पक्रा परिसकेका छन् र उनीहरू विरूद्ध मुद्दा दर्ता छ।
हिन्दुस्थान समाचार / भवानी थामी