पलामू, 5 अक्टोबर (हि.स.)। बन्द शौचालयमा बुजुर्गको गला रेटी हत्या गरियो। यस्तो सनसनीपूर्ण घटना पलामू जिल्लाको चैनपुर थाना क्षेत्रको सेमरा पञ्चायत अन्तर्गत कुदागा कला गाउँमा शनिवार राती भएको हो। सूचना पाएर पुलिस तत्काल घटनास्थलमा पुग्यो। घटनाको सम्पूर्ण जानकारी लिँदै मृतकको जेठो छोरा-बुहारीलाई हिरासतमा लिइयो।
आइतवार बिहान शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि एमएणसीएचमा पठाइयो। सम्पूर्ण मामिलाको जाँच जारी छ। घटनालाई पारिवारिक औ जमीन विवादसित जोड़ेर हेरिँदैछ। जेठो छोरासित पहिलाबाटै विवाद भइरहेको थियो। उसले धेरैपटक पिताको हत्या गर्ने धम्की पनि दिएको थियो। मृतकको पहिचान कुदागा कलाका 65 वर्षीय निजामुद्दीन अन्सारीको रूपमा भएको छ।
जानकारी अनुसार शनिवार राती 9 बजे निजामुद्दीन अन्सारीको शवलाई घर पछाड़ि बन्द शौचालयभित्र रगतपच्छे अवस्थामा भेटियो। निजामुद्दीनको गला रेटिएको थियो। शव देख्नसाथ सनसनी फैलियो। ठूलो संख्यामा ग्रामीणहरू घटनास्थलमा पुगे। सूचना पाएर चैनपुर थाना प्रभारी श्रीराम शर्मा दलबल सहित घटनास्थलमा पुगे अनि मामिलाको जानकारी लिँदै जेठो छोरो 40 वर्षीय अनिश अन्सारीलाई जाँचबुझको लागि हिरासतमात लियोष पतिलाई लगेपछि पत्नी पनि छोरीसितै गइन्। यिनीहरूका छोरा बेपत्ता छन् जो नशाको लतमा चुर्लुम्म डुबेको बताइएको छ।
चैनपुर थाना प्रभारी श्रीराम शर्माले बताए, जाँचबुझको लागि जेठो छोरालाई थानामा लगिएको छ। घटनाको कारण पत्तो लगाउन अनि आरोपीलाई चिन्हित गर्ने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा