सिलगढ़ी, 07 अक्टोबर (हि.स.)। नक्सलबाड़ी थाना पुलिसले एक किलो 832 ग्राम ब्राउन शुगरको साथ दुई ड्रग तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूको पहिचान मालदा निवासी शमीम अख्तर र नक्सलबाड़ी निवासी सुशील रोयको रूपमा गरिएको छ।
सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा नक्सलबाड़ी थाना पुलिसले सोमवार अबेर राति नक्सलबाड़ीको स्टेशनपाड़ा क्षेत्रमा अभियान चलाएर दुई ड्रग तस्करहरूलाई पक्राउ गऱ्यो। जब उसको तलाशी लिइयो उदेखि एक किलो 832 ग्राम ब्राउन शुगर जफत गरियो।
जानकारी अनुसार, शमीम अख्तर मालदादेखि ब्राउन शुगर लिएर नक्सलबाड़ीमा डिलीवरी गर्न पुगेको थियो। पुलिस अभियानमा सिलगढ़ी महकुमा परिषदको चेयरम्यान अरूण घोष आफै घटनास्थलमा उपस्थित थिए। नशा मुक्त समाज बनाउन सबै अगाड़ी सर्नुपर्छ। नक्सलबाड़ी थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी