केन्द्र सरकारले दिसम्बर 2025 सम्म जीटीआर दिएन भने हामी बाटो बिराउनेछौँ र फेरि कमलको फूल फुल्न दिने छैनौं: बिमल गुरुङ
केन्द्र सरकारले दिसम्बर 2025 सम्म जीटीआर दिएन भने हामी बाटो बिराउनेछौँ र फेरि कमलको फूल फुल्न दिने छैनौं: बिमल गुरुङ


दार्जिलिङ, 07 अक्टोबर (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाले आज दार्जिलिङको मोटर स्ट्याण्डमा आफ्नो 18औं स्थापना दिवस मनाएको छ। 18औं स्थापना दिवस कार्यक्रममा बोल्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले गृहमन्त्री अमित शाहसॅंग भेट भएको र उनले यस क्षेत्रका जनताका लागि धेरै कुराको आश्वासन दिएको बताए।

उनले छुटेका 11 समुदायले दिसम्बर 2025 भन्दा अगाडि जनजातिको मान्यता पाउने आश्वासन दिएको बताए। उनले भने, यदि भाजपा सरकारले त्यसो गर्न असफल भयो भने हामी पहाडमा फेरि कमल फुल्न दिने छैनन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले भने, 'जीटीआर चॉंडै हुन आटेको छ, यसैले सम्पूर्ण राजनीतिक दलहरु एक हुन् जरुरी रहेको छ। तर केन्द्र सरकारले दिसम्बर 2025 सम्म जीटीआर दिएन भने हामी बाटो बिराउनेछौँ र फेरी कमलको फूल फुल्न दिने छैनौं।'

अर्कोतर्फ उनले नयाँ र युवा नेताहरूलाई लडाई जारी राख्न र अगाडि बढ्न संकेत पनि गरे। उनले आफु अभिभावकको रूपमा उपस्थित रहने बताए। उनले आगामी 2026 को चुनाउमा पहाडका सबै दलहरूलाई एकल उम्मेदवार छान्न पनि अनुरोध गरे। उनले मुख्यतया पहाडको विकासका लागि सबै राजनीतिक दलहरूको एकतामा जोड दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande