सिलगढ़ी, 07 अक्टोबर (हि.स.)। उत्तर बंगालको नागराकाटामा बाढ़ी राहत कार्य अवधि भएको हमलामा घाइते मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू हाल सिलगढ़ीको एक निजी नर्सिंग होममा भर्ती छन्। डाक्टरहरूले बताए, सांसदको आँखाको मुनि फ्र्याक्चर भएको छ जसको चाँड़ै सर्जरी गर्न आवश्यक भएको छ। तथापि उनको अवस्था स्थिर रहेको बताइएको छ। प्रारम्भिक रिपोर्टमा उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)-मा लैजाने सम्भावना व्यक्त गरिएको थियो, तर दार्जीलिङका सांसद राजू बिष्टले स्पष्ट पारे, हाल यस्तो कुनै योजना छैन र सर्जरी सिलगढ़ीमै गरिनेछ।
हमलामा घाइते भाजपा विधायक शंकर घोषको पनि यसै अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि स्थिर छ। पुलिसले यस मामिलामा आठजना आरोपीहरूविरूद्ध प्राथमिकी दर्ता गरेको भए पनि अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। यसमाथि भाजपाले कड़ा आक्रोश व्यक्त गर्दै चेताउनी दिएको छ, यदि तुरून्तै कारबाही नगरिए राज्यव्यापी आन्दोलन शुरू गरिनेछ।
विपक्षका नेता शुभेन्दु अधिकारीले भने, यो कुरा बुझ्न सकिरहेका छैनौं कि राहत कार्य अवधि जनप्रतिनिधिहरूमाथि हमला किन गरियो। उनले भने, राजनीतिक दलसित मिलेर आपदा प्रभावित मानिसहरूलाई सहयोग गर्नु स्वभाविक हो, तर अहिलेसम्म कसैलाई पक्राउ नगरिनु झन् ठूलो चिन्ताजनक विषय हो।
उनले मुख्यमन्त्री ममता ब्यनर्जीलाई लक्षित गर्दै भने, “मुख्यमन्त्रीले अपराधीहरूलाई पक्राउ गर्ने निर्देश दिनको सट्टा शान्ति राख्ने अपील मात्र गरिरहेकी छन्।” अधिकारीले बताए, उनले खगेन मुर्मू र शंकर घोषसित भेट गरेपछि आगामी रणनीति बनाउनेछन्।
अर्कोतिर तृणमूल कंग्रेसले भाजपाका आरोपहरूलाई शिराबाटै खारेज गरिदिएका छन्। पार्टीका महासचिव कुणाल घोषले घटनाको निन्दा गर्दै भने, “आक्रोश व्याप्त हिंसाबाट हुनु हुँदन। जसले पनि यो हमला गऱ्यो, त्यो गलत छ र कानूनले आफ्नो काम गर्नुपर्छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा