श्रीभूमि (असम), 7 अक्टोबर (हि.स.)। दक्षिण असमकोश्रीभूमि ज़िल्लान्तर्गत बजरीछोड़ा थाना क्षेत्रकोअसम-त्रिपुरा अन्तर्राज्यीय सीमामाचुराईबाड़ी निगरानी चौकीको पुलिसले एउटा ट्रकबाट भारी मात्रामा नशालु'एस्कफ़' ब्राण्डकोकफ़ सिरप जफत गरेको छ जसको बजार मूल्य लगभग 30 लाख रुपियाँ रहेको बताइएको छ। ट्रक ड्राइबरलाई पक्राउ गरी पुलिसले जाँचबुझ गरिरहेको छ।
पुलिसले बतायो,ट्रकचालकबिहारकोमोतिहारी निवासी, 50 वर्षीय मोहम्मद रईस पुत्र गुल मोहम्मदलाई नशालु पदार्थ तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ। यसको साथै प्रतिबन्धित नशालुपदार्थहरूकोतस्करीमा प्रयोग गरिएको ईस्ट इण्डिया कम्पनीकोट्रक (एएस- 01ईसी-0528)-लाई पनि जफत गरिएको छ।
असम-त्रिपुरा अन्तर्राज्यीय सीमामा अवस्थित चुराईबाड़ी (असम) पुलिस चौकीकाप्रभारी प्रणब मिलीले बताए, मंगलवार बिहान कोलकातादेखि त्रिपुराको राजधानी अगरतला गइरहेको एक 12 चक्के ट्रक चेकिंग गेटमा आइपुग्यो। ट्रकमा ईस्ट इण्डिया कम्पनीको सामान लादिएको थियो।
जाँचगर्दा पुलिसकर्मीहरूले कपड़ाको एक बण्डलमा लुकाइएको 12 इलेक्ट्रनिक्स ट्रान्सफर्मरकोडब्बाबाट नशालु'एस्कफ़' ब्राण्डकोकफ सिरपकोतीन हज़ार (3,000) शीशि जफत गरे।पुलिस अधिकारी प्रणब मिलीले बताए, जफत गरिएको सिरपको मूल्य कालो बजारमा 30 लाख रुपियाँभन्दा अधिक रहेको अनुमान लगाइएको छ।
चौकी प्रभारी प्रणब मिलीले बताए, जाँचबुझमा आरोपीले स्वीकार गरेको आधारमाट्रक चालक मोहम्मद रईसविरूद्ध स्वापक औषधि तथा मनःप्रभावी पदार्थअधिनियम, 1985 (एनडीपीएस)-कोविशिष्ट धारा अन्तर्गत मामिला दर्ता गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा