शिक्षक बनेर महिलासित शारीरिक सम्बन्ध बनाएपछि ब्ल्याकमेल, आरोपी पक्राउ
शिक्षक बनेर महिलासित शारीरिक सम्बन्ध बनाएपछि ब्ल्याकमेल, आरोपी पक्राउ


हुगली, 07 अक्टोबर (हि.स.)। सोशल मीडियामा शिक्षक बनेर एक जना युवकले एक जना महिलासित मित्रता गऱ्यो अनि उसित सहवास गर्न थाल्यो।

आरोप छ, युवकले निजी पलहरूको तस्वीर र भीडियोलाई सार्वजनिक गर्ने धम्की दिएर महिलाबाट पैसा र सुनको गहना ठग्यो। त्यसपछि पनि लगातार पैसा माग्दै आएको छ। महिलालाई स्थितिको गम्भीरता अनुभूत गरेपछि सोझै तारकेश्वर थानामा पुगेर सिकायत दर्ता गराइन्।

सोही सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। जाँचको क्रममा थाहा लाग्यो, आरोपीको नाम अशरफुल हक हो जसले सोशल मीडियामा आफूलाई एक प्राथमिक विद्यालयको शिक्षक बताउँथ्यो।

तारकेश्वर थानाको पुलिसले आरोपीलाई जमालपुरको सातगढ़िया क्षेत्रबाट पक्राउ गरेको छ। मंगलवार उसलाई रिमाण्डको आवेदनसितै चन्दन नगर महकुमा अदालतमा पेश गरियो। महिला र उनको परिवारले आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande