मुख्यमन्त्री ममता ब्यानर्जीले मिरिकको दुधिया राहत शिविरमा पीड़ितहरूसित भेट गरिन्
मुख्यमन्त्री ममता ब्यानर्जीले मिरिकको दुधिया राहत शिविरमा पीड़ितहरूसित भेट गरिन्


कोलकाता, 07 अक्टोबर (हि.स.)। उत्तर बंगालमा लगातार भइरहेको वर्षा अनि पैह्रोले व्यापक क्षति पुऱ्याएको अवस्थामा मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार प्रभावित क्षेत्रहरूको भ्रमण गरिन्। गए सोमवार नागराकाटा पुगेपछि उनले आज मिरिक दुधिया राहत शिविरमा पुगेर स्थितिको जायजा लिइन् अनि आपदा प्रभावित मानिसहरूसित बातचित गरिन्।

मुख्यमन्त्रीले जिल्ला प्रशासनका अधिकारीहरूलाई निर्देश दिइन्, पैह्रो क्षतिग्रस्त सड़कहरूको मरम्मतलाई प्राथमिकता दिइयोस्। उनले स्पष्ट आदेश दिइन्, सबै आवश्यक मरम्मत कार्य आगाामी 15 दिनभित्रमा गरियोस्। साथै दार्जीलिङ-मिरिकलाई जोड़्ने दुधिया पुलको पुनर्निर्माणको कार्य पनि शुरू गरिएको छ।

दुधिया शिविरमा आश्रय लिएरा पीड़ितहरूसित भएको भेटमा मुख्यमन्त्रीले राहत तथा पुनर्वास कार्यहरूको विस्तृत समीक्षा गरिन्। उनले भनिन्, कुनै पनि प्रभावित व्यक्तिलाई भोजन वा आवासको समस्या हुनु हुँदैन। यसको लागि उनले एक महिनासम्ममा सामुदायिक भान्सा (कम्युनिटी किचन) चलाउने निर्देश दिइन्।

शिविरबाट बाहिरिएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले आपदामा मारिएका मानिसहरूको परिवारलाई राज्य सरकारद्वारा घोषित वित्तीय सहायता राशि पनि प्रदान गरिन्। उनले आश्वासन दिइन्, राज्य सरकारले प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग गर्न जारी राख्नेछ। साथै पुनर्वास कार्यहरूलाई द्रूत गतिमा पूर्ण गरिनेछ।

मुख्यमन्त्रीले भनिन्, उनले निरन्तर स्थितिमाथि निगरानी राखिरहेकी छन् अनि राहत तथा बचाउ अभियानको पनि मनिटरिंग गरिरहेकी छन्। राज्य सरकारको पक्षबाट निरन्तर सहयोग दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande