नयाँ दिल्ली, 7 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनसेवा 25औं वर्ष प्रवेश गरेकोमा बधाई दिइन्। उनले प्रधानमन्त्रीको सेवा-यात्रालाई देशको लागि प्रेरणादायक बताउँदै भनिन्, उनको नेतृत्वमा भारतले आत्मनिर्भरता तथा वैश्विक मञ्चमा सम्मानको नयाँ शिखर चुमिरहेको छ।
रेखा गुप्ताले सोशल मीडिया प्लेटफर्म एक्समा लेखिन्, प्रधानमन्त्री मोदीको जनसेवाले ऐतिसाहिक 25औं वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई अनि अभिनन्दन। यो तिथि भारतीय लोकतन्त्र तथा संविधानका उच्च मूल्यहरूलाई स्थापित गर्दै अढ़ाई दशकको अखण्ड सेवा-यज्ञको स्वर्णिम यात्राको प्रतीक हो। उनले भनिन्, 7 अक्टोबर, 2001-मा गुजरातका मुख्यमन्त्रीको रूपमा शुरू भएको नरेन्द्र मोदीको जनसेवाले पारदर्शिता, सुशासन तथा विकासको बलियो जग बसाल्यो जसमाथि आज सशक्त भारतको भव्य भवन निर्माण भएको छ।
गुप्ताले दिल्लीका जनताको पक्षबाट प्रधानमन्त्री मोदीको 'राष्ट्र प्रथम'-को भावना एवं 'विकसित भारत'- को सपनालाई साकार बनाउने दृढ़ संकल्पको प्रशंसा समेत गरिन्। उनले ईश्वरसित प्रार्थना गरिन्, प्रधानमन्त्रीलाई उत्तम स्वास्थ्य, दीर्घायु र अनन्त यश प्राप्त होस् ताकि उनको सेवा यात्राले देशलाई नयाँ शिखरमा पुऱ्याोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा