उत्तर बंगालमा बाढ़ीले हाहाकार, सरकारी व्यवस्था अनुपस्थितः शुभेन्दु
उत्तर बंगालमा बाढ़ीले हाहाकार, सरकारी व्यवस्था अनुपस्थितः शुभेन्दु


सिलगढ़ी, 7 अक्टोबर (हि.स.)। उत्तर बंगालमा बाढ़ीले ल्याएको संकटबीच एकातिर दुई दिनदेखिको भोजन, पिउने पानी र आश्रयको अभावसित मानिसहरू जुझिरहेका छन् भने अर्कोतिर यस संकटको घड़ीमा प्रशासन र सरकारको अनुपस्थितिमाथि प्रश्न उठ्न थालेको छ।

वरिष्ठ भाजपा विधायक औ नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सोशल मीडियामा लेखे, उत्तर बंगालको बाढ़ी प्रभावित क्षेत्रहरूमा सरकारी सहायताको कुनै ठोस प्रबन्ध देखिएको छैन। उनले भने, संकटको यस घड़ीमा भाजपाका विधायक, सांसद तथा कार्यकर्ताहरू लगातार प्रभावितहरूको सहयोगमा जुटेका छन्।

शुभेन्दु अधिकारीले मंगलवार बिहान ट्वीट गरी लेखे, भाजपा कार्यकर्ताहरूले बाढ़ी पीड़ितहरूसम्म राहत सामग्री पुऱ्याउन, भोजन र पिउने पानीको व्यवस्था गर्न, औषधि उपलब्ध गराउन तथा सुरक्षित आश्रय केन्द्र तयार गर्नमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनले बताए, भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष औ सांसद शमिक भट्टचार्य स्वयं प्रभावित क्षेत्रमा उपस्थित छन् र राहत वितरणदेखि लिएर आवश्यक सेवाहरूको निगरानीसम्म हरेक कार्यको हेरचाह गरिरहेका छन्।

भाजपाको पक्षबाट भनिएको छ, पार्टी कार्यकर्ताहरू यस कठिन परिस्थितिमा निरन्तर पीड़ितहरूको साथमा रहनेछन् अनि हरसम्भव सहयोग गर्नेछन्। स्थानीय मानिसहरूले प्रशासनसित चाँड़ै राहत अनि पुनर्वासको माग गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande