भारी वर्षा अनि पैह्रोको कारणले उत्तर बंगालको चिया उद्योगलाई सय करोड़ रुपियाँको नोक्सान
भारी वर्षा अनि पैह्रोको कारणले उत्तर बंगालको चिया उद्योगलाई सय करोड़ रुपियाँको नोक्सान


कोलकाता, 07 अक्टोबर (हि.स.)। उत्तर बंगालका पहाड़, तराई औ डुवर्स क्षेत्रमा बितेका केही दिनदेखिको लगातार भइरहेको वर्षा अनि बारम्बार पैह्रो गएको कारणले क्षेत्रको चिया उद्योगमाथि गम्भीर संकट आइलागेको छ। प्रारम्भिक अनुमानमा यस प्राकृतिक आपदाबाट चिया उद्योगलाई सय करोड़ रुपियाँभन्दा अधिकको नोक्सान भएको छ।

टी एसोसिएशन अफ इण्डियाको डुवर्स शाखाका सचिव राम अवतार शर्माले बताए, नोक्सानको विस्तृत मूल्यांकन भइरहेको छ, तर शुरूआती रिपोर्टबाट यो स्पष्ट भएको छ कि नोक्सान सय करोड़ रुपियाँभन्दा कम हुनेछैन। उनले बताए, मेरो जानकारीमा उत्तर बंगालको चिया उद्योगलाई यसपूर्व यति ठूलो नोक्सान कहिल्यै भएको थिएन। यस स्थितिदेखि माथि उक्लिनको लागि उद्योगलाई सरकारी सहोयगको खाँचो छ।

चिया उद्योग यस आपदाबाट दुई स्तरमा प्रभावित भएको छ। पहिलो पहाड़, तराई र डुवर्स क्षेत्रका केही बगानहरूमा भारी वर्षा अनि पैह्रोले पूर्ण रूपमा प्रभावित भएको छ जसबाट ‘टू लीभ्स एण्ड ए बड’ अवस्थामा पत्ती टिपाईा पूर्ण प्रभावित भएको छ। दोस्रो कारखाना र गोदामहरूमा प्रसंस्कृत चियाको पत्ती जलमग्न भएको कारणले खराब भएको छ जसबाट उद्योगलाई ठूलो आर्थिक नोक्सान उठाउनु परेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande