उत्तर बंगाल, 07 अक्टोबर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी मंगलवार अपरान्ह बागडोगरा हवाईअड्डामा आइपुगे। उनीसित केही स्थानीय भाजना नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए।
सूत्र अनुसार शुभेन्दु अधिकारीले दार्जीलिङ, जलपाईगुड़ी सहित बाढ़ी प्रभावित उत्तर बंगालका केही क्षेत्रहरूको दौड़ाह गर्नेछन्। यस अवधि उनले अस्पतालमा भर्ती सांसद खगेन मुर्मू र विधायक डा. शकर घोषसित पनि भेट गर्नेछन्।
सोशल मीडिया एक्समा शुभेन्दु अधिकारीले लेखे, उत्तर बंगालको बाढ़ी प्रभावित मानिसहरू बितेका दुई दिनदेखिको भोजन, पिउने पानी, आश्रयको अभावसित जुझिरहेका छन्। उनले आरोप लगाए, यस संकटको घड़ीमा सरकार अनि प्रशासनलाई कतै देखिएको छैन।
उनले भने, भाजपाका विधायक, सांसद तथा पार्टी कार्यकर्ताहरू लगातार राहत कार्यमा जुटेका छन्। बाढ़ी पीड़ितहरूको लागि भोजन, पिउने पानी, सुरक्षित आश्रय एवं औषधिको व्यवस्था गरिँदैछ। कार्यकर्ताहरूले जनसेवाको भावना बोकेर मानिसहरूमाझ काम गरिरहेका छन्।
भाजपाका प्रदेश अध्यक्ष औ सांसद शमिक भट्टचार्यले स्वयं प्रभावित क्षेत्रहरूमा उपस्थित रहेर राहत वितरण तथा विभिन्न सेवाहरूको लगातार निगरानी गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा