कोलकाता, 07 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार प्रसिद्ध ग़ज़ल औ ठुमरी गायिका बेगम अख्तरको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनिन्, बेगम अख्तरको आत्मीय संगीतले आजको पिँढ़ीको हृदयलाई पनि छोइरहेको छ।
ममता ब्यानर्जीले सोशल मीडिया मञ्च एक्समा आफ्नो आधिकारिक अकाउण्टबाट लेखिन्, “महान ग़ज़ल औ ठुमरी गायिका बेगम अख्तरलाई उनको जयन्तीमा नमन। उनको आत्मीय संगीत भावी पिँढ़ीसम्मको मनलाई छोइरहने छ।
बेगम अख्तर जसलाई ‘मल्लिका-ए-ग़ज़ल’ को नामले चिनिन्छ, भारतीय शास्त्रीय संगीतका ती दिग्गज हस्तिहरूमा सामेल थिइन् जसले ठुमरी, दादरा र गजल गायकीलाई नयाँ उच्चतामा पुऱ्याए। उनको गायकीमा पीड़ा, शास्त्रीयता तथा भावनाहरूको गहिराईको अनौठो संगम देख्न पाइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा