इम्फाल, 7 अक्टोबर (हि.स.)। हरियाणाको करनालस्थित मधुबनमा आयोजित 74औं अखिल भारतीय पुलिस कुश्ती क्लस्टर 2025-26 मा मणिपुर पुलिसको पक्षबाट भाग लिएर पदक हत्याउन सफल खेलाड़ीहरूलाई सम्मानित गरिएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी एक बयानमा उल्लेख गरिएको छ, मणिपुरका पुलिस महानिदेशक (डीजीपी) राजीव सिंहले सेप्टेम्बर महिनामा आयोजित अखिल भारतीय पुलिस कुश्ती कलस्टर प्रतियोगितामा पदक हासिल गर्ने मणिपुर पुलिसका तीनजना प्रतिभागीहरूलाई सम्मानित गरे।
सम्मानित हुनेहरूमा महिला पुलिस अधिकारी सहायक उपनिरीक्षक (एएसआई) एस. रानी देवी जसले आर्म रेसलिंग स्पर्धामा स्वर्ण पदक जितेकी छन्, कन्स्टेबल पी. नंदजीत सिंह जसले बडी बिल्डिंग (60 किलोग्राम) स्पर्धामा स्वर्ण पदक जितेकी छन् तथा महिला पुलिस अधिकारी सहायक उपनिरीक्षक (एएसआई) एम. मेम्चा देवी जसले आर्म रेसलिंग स्पर्धामा रहत हत्याएकी छन्, सामेल छन्।
डीजीपीले तीनै पुलिस खेलाड़ीहरूलाई भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्ने शुभकामना दिँदै भने, यसप्रकारको पदक राज्यका पुलिसकर्मीहरूको लागि प्रेरणाको श्रोत हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा