हुगली, 07 अक्टोबर (हि.स.)। जिल्लाको सुगन्धा मोड़ नजिक दिल्ली रोड संलग्न पुरानो पोखर क्षेत्रमा मंगलवार बिहान एउटा मारूती कारले एउटा टोटोलाई ठक्कर दियो। ठक्कर दिएपछि टोटो पल्टियो अनि दुवै वाहनको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भयो।
घटनामा टोटो सवार तीनजना महिला यात्री गम्भीर रूपमा घाइते भए भने टोटो चालक मनोजलाई शिरमा गम्भीर चोट लागेको छ। पुलिसले तत्कालै सबै घाइतेहरूलाई चुचुड़ा इमामबाड़ा अस्पतालमा भर्ती गरायो। घाइते टोटो चालक मनोज हुगलीको पोलबा क्षेत्रस्थित बिहारीपल्ली गाउँका निवासी हुन्।
परिवार अनुसार मनोजले पहिला मुम्बईमा प्रवासी श्रमिकको रूपमा काम गर्दथे। लगभग डेढ़ वर्षपूर्व गाउँमा फर्केर तिनले टोटो चलाएर आफ्नो जीवन यापन गर्दै आइरहेका छन्। पुलिसले मारूतिको चालकलाई हिरासतमा लिएको छ। मारुतिमा सवार एकजना महिला यात्री सुरक्षित रहेको बताइएको छ। दुर्घटनापछि क्रेनले दुव क्षतिग्रस्त वाहनलाई हटाएर सड़कलाई खाली गरायो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा