उत्तर बंगालको पैह्रो प्रभावित क्षेत्रको भ्रमण गर्न पुगे प्रदेश कंग्रेस अध्यक्ष शुभंकर सरकार
उत्तर बंगालको पैह्रो प्रभावित क्षेत्रको भ्रमण गर्न पुगे प्रदेश कंग्रेस अध्यक्ष शुभंकर सरकार


कोलकाता, 07 अक्टोबर (हि.स.)। पश्चिम बंगाल प्रदेश कंग्रेस अध्यक्ष शुभंकर सरकार मंगलवार बिहान पार्टी नेताहरूको एक प्रतिनिधिमण्डलसित उत्तर बंगालको पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गर्न आइपुगे। उनले दार्जीलिङ जिल्लामा आपदा प्रभावित परिवारहरूसित भेट गरी स्थितिको जायजा लिए।

पार्टी सूत्र अनुसार शुभंकर सरकारसित वरिष्ठ कंग्रेस नेता पार्थ भौमिक तथा आशुतोष च्यटर्जी पनि उपस्थित थिए। प्रतिनिधिमण्डलले मिरिको मार्ग भएर कतिपय ठाउँमा रोकिएर क्षय-क्षतिको मूल्यांकन गऱ्यो अनि स्थानीयहरूसित बातचित पनिगऱ्यो।

कंग्रेस नेताहरूले प्रभावित परिवाहरूलाई हरसम्भव सहायता दिने भरोसा दिलाए। पार्टीको पक्षबाट बताइयो, लगातार परिरहेको पानी अनि पैह्रोले उत्तर बंगालका केही जिल्लाहरूमा व्यापक क्षति पुगेको छ जसमा अहिलेसम्ममा 30 जना मानिसहरूको मृत्यु भइसकेको छ भने धेरैजना बेपत्ता भएका छन्।

जानकारी अनुसार पश्चिम बंगाल कंग्रेसले सोमवार उत्तर बंगालमा राहत कार्यहरूको समन्वय गर्नको लागि एक विशेष समिति गठन गरेको छ जसले प्रभावित क्षेत्रहरूमा सहयोग अनि पुनर्वासका प्रयासहरूको निगरानी गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande