पश्चिम बर्दवान, 07 अक्टोबर (हि.स.)। पश्चिम बंगाललाई पूर्व सूचना बिनै पानी छोड़िएको विरोधमा तृणमूल कंग्रेसले मंगलवार माईथनस्थित दामोदर भ्याली कर्पोरेशन (डीभीसी)-को कार्यालय सामु धरना प्रदर्शन गऱ्यो। पश्चिम बर्दवान जिल्ला तृणमूल नेतृत्वको यस आन्दोलनमा मन्त्री मलय घटक र जिल्लाध्यक्ष एवं पाण्डेश्वरका विधायक नरेन्द्रनाथ चक्रवर्ती पनि सामेल हुने सम्भावना छ।
मुख्यमन्त्री ममता ब्यनर्जीले शुक्रवार आरोप लगाएकी थिइन्, दुर्गा पूजाको मौसममा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार अधिनस्थ डीभीसीले राज्य सरकारलाई पूर्व सूचना बिनै पानी छोड़ेको छ। उनले यसलाई बंगाललाई क्षति पुऱ्याउने न “सुनियोजित एकतर्फी कारबाही” बताएकी थिइन्। मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट केन्द्र सरकारमाथि आरोप लगाइन्, डीभीसीको यस कारबाहीबाट राज्यका केही क्षेत्रहरमा बाढ़ी आउने खतरा बढ़ेको छ।
यसै मुद्दामा राज्यको तृणमूल एकाई अब सड़कमा उत्रेको छ। जिल्ला नेृत्वको भनाइ छ, केन्द्रको यस नीतिको विरोधमा माईथनस्थित डीभीसी कार्यालय सामु शान्तिपूर्ण धरना दिइनेछ।
यसैबीच केन्द्रिय जलशक्ति मन्त्री सी. आर. पाटिलले मुख्यमन्त्रीका आरोपहरूलाई पूर्ण रूपले खारेज गर्द भने, डीभीसीले निर्धारित नियमाुसार पानी छोड़ेको हो। उनले ममताद्वारा बताइएको जलस्तरको आँकड़ाको सत्यतामाथि पनि प्रश्न उठाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा