पश्चिम मेदिनीपुर, 7 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना अन्तर्गत बाईपाटन क्षेत्रमा गए सोमवार साँझ भएको एक दुःखदायी सड़क दुर्घटनामा एकजना पुरोहितको मृत्यु भयो। मृतकको पहिचान मुकेश दास (43)-को रूपमा भएको छ जो दाँतनको सारता क्षेत्र निवासी थिए भने लामो समयदेखिकै सोनाकोनिया क्षेत्रमा बस्दै आइरहेका थिए।
पुलिस सूत्र अनुसार गए सोमवार मुकेश दास लक्ष्मी पूजा गर्नको लागि मोटरसाइकलमा सवार भएर घरबाट हिँड़ेका थिए। तिनी सोनाकोनिया तर्फ गइरहेका थिए। बालेश्वर-खड़गपुर राष्ट्रिय राजमार्गमा पुगेपछि ओडिशाको दिशाबाट आइरहेको एउटा खाली डम्बरले अचानक नियन्त्रण गुमाएको कारणले बाइकलाई ठक्कर दियो।
ठक्कर लागेपछि मुकेश सड़कमा लड़े जसलाई गम्भीर घाइते अवस्थामा स्थानीय मानिसहरूले तत्कालै दाँंतन ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
घटनापछि स्थानीय मानिसहरू आक्रोशित भए अनि दुर्घटनाग्रस्त डम्पर चालकलाई समातेर राखे। सूचना पाएर दाँतन थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा