सोशल मीडियामा प्रधानमन्त्रीलाई धम्की, तृणमूल पार्षदविरूद्ध सिकायत दर्ता
सोशल मीडियामा प्रधानमन्त्रीलाई धम्की, तृणमूल पार्षदविरूद्ध सिकायत दर्ता


हुगली, 07 अक्टोबर (हि.स.)। सोशल मीडिया साइट फेसबुकमा कथित रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएको आरोपमा हुगली जिल्लाको उत्तरपाड़ा नगरपालिका अन्तर्गत 23 नम्बर वार्डका पार्दश अर्नब रायविरूद्ध मंगलवार भाजपा कार्यकर्ताहरूले उत्तरपाड़ा थानामा लिखित सिकायत दर्ता गराए।

वास्तवमा प्रधानमन्त्री मोदीले भाजपा सांसद खगेन मुर्मू र विधायक शंकर घोषमाथि उत्तर बंगालमा भएको हमलालाई लिएर तृणमूल सरकारमाथि प्रश्न उठाउँदै एक फेसबुक पोस्ट गरेका थिए। यस फेसबुक पोस्टमा कमेन्ट सेक्शनमा तृणमू पार्षदले कमेन्ट गरी लेखे, यदि तपाईले बिना राहत सामग्री बंगालका बाढ़ग्रस्त क्षेत्रहरूको दौड़ाह गर्नु भयो भने तपाईलाई 'दूआरे केलानी' (ढोकामा कुटाई) दिइनेछ। तृणमूल पार्षदको यस कमेन्टपछि आक्रोशित भाजपा कार्यकर्ताहरूले मंगलवार उत्तरपाड़ा थानामा लिखित सिकायत दर्ता गराए।

अर्कोतिर यस मामिलामा स्पष्टिकरण दिँदै आरोपी तृणमूल पार्षदले हिन्दुस्थान समाचार-लाई बताए, उत्तर बंगालमा भाजपा सांसद अनि विधायक जनाक्रोशको शिकार भएका हुन्। मैले आफ्नो फेसबुक कमेन्टमा यही कुरा भनेको हो, यदि तपाई तपाईले राहत सामग्री बिनै बंगालको बाढ़ग्रस्त क्षेत्रको भ्रमण गर्नु भयो भने तपाईलाई पनि जनाक्रोशको शिकार हुनुपर्छ। मेरो कमेन्टलाई गलत ठानियो अनि मविरूद्ध सिकायत गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande