कोलकाता, 07 अक्टोबर (हि.स.)। सल्टलेक भाजपा पार्टी कार्यालयमा मंगलवार संवाददाताहरूसित बातचित गर्दै प्रदेश भाजपा अध्यक्ष शमिक भट्टचार्यले तृणमूल कंग्रेसमाथि आरोप लगाए, खयेरबाड़ीमा भाजपाका सांसद, विधायक औ पार्टी नेताहरूमाथि भएको हमला पूर्व नियोजित थियो र यसलाई समाजमा भय-भ्रान्ति फैलाउने तथा साम्प्रदायिक विभाजन उत्पन्न गराउनको लागि गरिएको हो।
भट्टचार्यले दाबी गरे, यी घटनाहरूमा तृणमूलले “जिहादी” औ “जमात” तत्वहरूलाई प्रयोग गऱ्यो। यदि सरकारलो यो मान्दछ भने, बाहिरी धार्मिक-जातीय तत्वहरूको माध्यमबाट उनीहरूमाथि हमला गराउन सक्छ भने यसलाई अधिक समयसम्म सहन गरिनेछैन। उनले भने, राज्य सरकारले लगातार डीभीसी तथा बाढ़ीसित सम्बन्धित “अवास्तविक” कुराहरू भनिरहेको छ। कहिले-कहिले त यो पनि भनिरहेको छ, केन्द्र सरकारले सुनियोजित रूपमा बाढ़ी उत्पन्न गरेको हो। यस्तो कुरा कुनै सामान्य व्यक्तिले भन्न सक्दैन।
भट्टचार्यले बताए, उनको पार्टीले राज्यका विभिन्न भागहरूमा राहत सामग्री पुऱ्याइरहेको र रक्षा मन्त्री राजनाथ सिंहले पनि फोन गरेर व्यवस्थाहरूको बारेमा जानकारी लिएका छन्। उनले मामिलाको एनआईए जाँचको मागलाई दोहोऱ्याउँदै भने, यो स्थिति पटक-पटक दोहोरिने छ।
उत्तर बंगालको स्थितिको उल्लेख गर्दै उनले भने, जलपाईगुड़ीमा एक हजारभन्दा अधिक घर भत्किएको छ भने कुचबिहारका केही वार्डहरूमा पानी भरिएकोले बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ। भट्टचार्यले यस्तो स्थितिको निम्ति तृणमूल सरकारलाई जिम्मेवाार ठहराउँदै भने, सरकार “कार्निवल” -मा व्यस्त छ। र समयमा आपदा प्रबन्धन टीम पठाउनमा विफल रह्यो।
में व्यस्त है और समय पर आपदा प्रबंधन टीम भेजने में विफल रही।
भट्टचार्यले तृणमूल सरकारमाथि राज्य संचालन गर्नमा “अयोग्यता” को आरोप लगाउँदै अन्तमा भने, जनताले अब परिवर्तनको माग गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा