सांसद-विधायकमाथि हमलालाई लिएर शुभेन्दु अधिकारीले ममता सरकारमाथि फेरि गरे हमला
सांसद-विधायकमाथि हमलालाई लिएर शुभेन्दु अधिकारीले ममता सरकारमाथि फेरि गरे हमला


मिरिक, 7 अक्टोबर (हि.स)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल दौड़ाह भइरहँदा मंगलवार राज्यका विपक्षी नेता शुभेन्दु अधिकारी मिरिक पुगे। मिरिकको सौरेनी गाउँमा पुगेर शुभेन्दुले नागराकाटामा भाजपा सांसद तथा विधायकमाथि भएको हमलामाथि चर्को प्रतिक्रिया व्यक्त गरे। उनले भने, राहत पुऱ्याउन गएका सांसदलाई मरूञ्जेल कुटियो। बंगालमा चलिरहेको गुण्डाराज फेरि एकपटक साबित भएको छ।

शुभेन्दुले भने, मुख्यमन्त्रीको यस किसिमको व्यवहार लोकतन्त्र अनि शान्तिको लागि खतरनाक हो। किनभने यति भयानक हमलापछि पनि उनले यसको निन्दा गरिनन्, न त पक्राउ गर्ने आदेश नै दिइन्। उनले राज्य पुलिस अनि प्रशासनलाई चेताउनीपूर्ण भाषामा भने, 'प्रधानमन्त्री पनि यस सम्पूर्ण मामिलाबाट अवगत छन्। अपराधीहरूलाई पक्राउ गर्नको लागि आवश्यक जे पनि गर्नुपर्छ हामी गर्नेछौं।

यस अवधि विपक्षी नेतासित दार्जीलिङका भाजपा सांसद राजू बिष्ट, केन्द्रि मन्त्री किरेन रिजिजु तथा पार्टी कार्यकर्ताहरू उपस्थित थिए। पार्टीको पक्षबाट क्षतिग्रस्त क्षेत्रका मानिसहरूलाई राहत सामग्री पनि प्रदान गरियो। शुभेन्दु अधिकारीले पनि प्रभावित परिवारहरूको साथमा रहने आश्वासन दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande